Logo
Logo

१३औँ ‘मिस तामाङ’ सफलताले भनिन्, ‘पहिचान जोगाउनु मेरो कर्तव्य हो’


दृष्टि संवाददाता


काठमाडौं । १३औँ ‘मिस तामाङ’को उपाधि सफलता थिङले जितेकी छन् । शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा आफ्ना २३ प्रतिस्पर्धीलाई उछिन्दै सफलता यस वर्षको मिस तामाङ बन्न सफल भएकी हुन् ।
सफलताले उपाधिसँगै एक लाख रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । मिस तामाङ विजेता सफलतालाई चाबहिल गणेशस्थानस्थित निनिज् बुटिकले २० हजार रुपैयाँ बराबराको गिफ्ट ह्याम्पर प्रदान गरेको छ ।


सफलताले मिस मल्टिमिडिया, मिस इन्टिलेक्च्युल र मस्ट पपुलर ग्लोबल अनलाइन–पे टाइटल पनि आफ्नो पोल्टामा पारिन् । मिस तामाङ–२०२१ को उपाधि जितेपछि सफलताले तामाङ कला संस्कृति र भूषभूषाको जर्गेनामा आफ्नो ध्यान जाने बताइन् । उनले भनिन्, ‘मेरो कर्तव्य भनेको हाम्रो पहिचान जोगाउनु नै हो ।’
एमडी गु्रपको प्रस्तुतिमा र मम्स इन्टरनेशनल नेपालको आयोजना रहेको प्रतियोगितामा फस्ट रनरअप पेमा पाख्रिन र सेकेन्ड रनरअप सोनिया वाइबा भएका छन् । उनीहरुले क्रमशः नगद ५० हजार र ३० हजार प्राप्त गरे ।
प्रतियोगी सिसम दोङ लामा ‘मिस पर्सनालिटी’, ‘फोटोजेनिक’मा सुनिता तितुङ तामाङ, ‘भ्युवर च्याइस’मा पेमा पाख्रिन तामाङ, ‘मिस फ्रेण्डली’ सुस्मा घिसिङ तामाङ र ‘मिस कन्फिडेन्स’ सुजाता तितुङ तामाङ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्