Logo
Logo

एकैचोटी ३७ जना विद्यार्थी बिरामी, उपचारमा समस्या


- दृष्टि न्युज/संवाददाता


रुकुम (पूर्व), १२ फागुन । रुकुम (पूर्व)को एक विद्यालयका विद्यार्थी ठूलो संख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् ।
आइतबार बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए । बिहीबारबाटै एक÷दुईजनामा यस्तो समस्या देखिएको तर आइतबार ठूलो संख्यामा विद्यार्थी बिरामी भएको उनले बताए ।
दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ । दुई सय ७९ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अहिले एकैपटक ३७ जना बिरामी भएका छन् । अहिले बिरामी उपचारको लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर गएको वडाध्यक्ष सेनले बताए ।

प्रतिक्रिया दिनुहोस्