Logo
Logo

खनाल-नेपाल समूहले पत्रकार सम्मेलन गर्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आज पत्रकार सम्मेलनक गर्दैछ । यो समूहले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ ।

कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने एक नेताले जानकारी दिए । आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम रहेको नेता योगेश भट्टराईले बताए ।

केपी ओली समूहले सोमबार नेता नेपालसहित धुम्बाराहीमा आयोजित छलफलमा ओलीले यस कार्यकर्ता भेला नगर्न आग्रह गरेका थिए ।
तर नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छ।

साथै प्रधानमन्त्री ओलीले आज बालुवाटारमा केन्द्रीय सदस्यका लागि गर्न लागेको चियापान समारोह आयोजना गरेको छ । नेपाल पक्षका नेताहरूले भने ओलीले आयोजना गरेको चियापान कार्यक्रमा नजाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्