Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पुर्वानुमान


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम विवरण अनुसार देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको उल्लेख छ ।

बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै शुक्रबार देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखका अनुसार शनिबार देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्