Logo
Logo

एक रात विताको कति लिनु हुन्छ भन्दा झसङ्ग हुन्थे : नायिका सुरक्षा


दृष्टि संवाददाता


काठमाडौं । नायिका सुरक्षा पन्त नेपाली फिल्मी इन्डस्ट्रीमा अब्बल नायिकाको रुपमा चिनिन्छन् । बुटवलमा जन्मिएका सुरक्षा इन्जिनियरिङकी विद्यार्थी हुँदै अभिनय क्षेत्रमा आएकी हुन् ।

चलचित्र ‘अझै पनि’ बाट नेपाली फिल्म इनडस्ट्रीमा प्रवेश गरेकी उनले पछिल्लो समय थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

नेपालमा पछिल्लो महिला हिंसाका घट्नाहरु बाक्लो रुपमा सार्वजनिक हुन थालेको छ । यसै सन्दर्भमा आधारित रहेर गरिएको कार्यक्रम ‘ऐना’मा नायिका सुरक्षा पन्तले आफुलाई पनि हिंसा हुने गरेको बताएकी छन् ।

कार्यक्रममा उनले आफुलाई यस चलचित्रमा क्षेत्रमा शुरुमा प्रवेश गर्दै आफुले हिंसा भोग्नु परेको बताईन् । उनले आफुलाई अपरिचित व्यक्तिहरुले फोन गरेर ‘तिम्रो रेट कति हो ?’ भनेर सोँध्ने गरेको बताईन् ।

उनले भनिन्, ‘सुरक्षा जि म फलानो.. तपाईको रेट चाहिँ कति हो ?’ भनेर सोध्नु हुने, ‘तपाई एक रात विताको कति लिनु हुन्छ ?” भन्ने कुराहरु गर्ने ! म त झसँग हुन्थे !, ‘मैले कस्तो कुराहरु गर्नु हुँदैछ भन्दा, यो त नर्मल हो नि ! भन्ने गर्थे’ मलाई त्यो बेला य यो पेसा यसरी नै चलिराको छ भन्ने खालका प्रश्नहरु उठ्थ्यो !’

कार्यक्रम ऐनाले ‘सार्वजनिक स्थलमा यौन दुव्र्यवहार किन र कहिले सम्म ?’ भन्ने शिर्षकमा कार्यक्रम सञ्चालन गरेको थियो । त्यस कार्यक्रममा नायिक पन्तसहित धेरै महिलाहरुले आफुले भोगेका यौन दुव्र्यवहारका समस्याहरु सुनाएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्