Logo
Logo

राजेशको ‘आई लभ यु’ले चर्चा पाउँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ फागुन । गीतकार राजेश अर्यालको नयाँ गीत सार्वजनिक भएको छ । ‘आई लभ यु’ बोलको गीत तथा भिडियोलाई यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो ।
भूपू पाण्डेको संगीत तथा एरेञ्ज रहेको यस गीतमा सोम सुब्बाको आवाज रहेको छ । प्रेमभावलाई उतारिएको यस गीतमा संगीतपक्ष निकै सुन्दर छ भने भिडियो आकर्षक बनेको छ ।
ज्ञानेन्द्र शर्माको छायांकन, विकास ज्ञवालीको सम्पादन, निश्चल केसीको कोरियोग्राफी र शिशिर श्रेष्ठको निर्देशन रहेको यस भिडियोमा सुनिल क्षेत्री, आँचल शर्मा र रमेश बाबुको अभिनय देख्न सकिन्छ ।
लामो समयदेखि अमेरिका बस्दै आएका गीतका अर्याल सार्वजनिक गीतबाट आशावादी छन् । प्रवासमा रहेर पनि नेपाली गीत संगीत अँगाल्दै आएका उनी भन्छन्, ‘तन र ज्यान जहाँ भएपनि मन नेपाली गीतसंगीतमै छ ।’ उनले सबै किसिमका गीतसंगीत दर्शक श्रोतामाझ पस्कने प्रयास गर्दै आएको बताए ।

https://www.youtube.com/watch?v=ou0y6NYpHVE

प्रतिक्रिया दिनुहोस्