Logo
Logo

सन्देश सुब्बाको गजलसंग्रह ‘सम्झनाको आँधी’ सार्वजनिक


दृष्टि संवाददाता


काठमाडाैं । कवि तथा गजलकार सन्देश सुब्बाको गजलसंग्रह ‘सम्झनाको आँधी’ सार्वजनिक भएको छ ।

मंगलबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयमा गजलकार ललिजन रावल तथा उपस्थित अतिथि कविहरूले गजलसंग्रह सार्वजनिक गरेका हुन् । पेशाले सञ्चारकर्मी रहेका सुब्बाको यो दोस्रो कृति हो । यसअघि उनको ‘आगोको सौन्दर्य’ कवितासंग्रह प्रकाशित भइसकेको छ ।

कृतिको लाेकार्पण कार्यक्रममा बोल्दै वरिष्ठ गजलकार रवलले ‘सम्झनाको आँधी’भित्र समावेश गरिएका गजलहरू संरचनात्मक, भाव सम्प्रेषण र वैचारिक दृष्टिकोणले शसक्त रहेको बताए ।

गजलसंग्रह ‘सम्झनाको आँधी’ लोकार्पण कार्यक्रममा साहित्यकारहरू विमला तुम्खेवा, शकुन्तला जोशी र प्रकाश आङदेम्बेले पुस्तकको चर्चा गरेका थिए । राजनीतिज्ञ वीर नेम्बाङ र श्रीप्रसाद जबेगु तथा प्राज्ञ अमर तुम्याहाङले लेखकलाई शुभकामना दिएका थिए ।

‘सम्झनाको आँधी’लाई निम्बल पब्लिकेशनले बजारमा ल्याएको हो । यसभित्र ६१ गजल समावेश गरिएकाे छ । कृतिको मूल्य १९९ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्