Logo
Logo

संरक्षणको पर्खाइमा सुदूरका यी गहना


हिक्मत बम


धनगढी । राज्यको चरम उपेक्षाका कारण सुदूरपश्चिमका पर्यटकीय स्थलहरु ओझेलमा पर्दै जान थालेका छन् । राज्यको उचित लगानीविना भौतिक पूर्वाधार विकास सम्भव नहुने तर पर्यटनका प्रशस्त सम्भावना बोकेका प्राकृतिक स्रोतहरु ओझेलमा परेका छन् ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीदेखि उत्तर–पश्चिमका तालतलैयाहरु, पाटन, हिमाल र तराईका फाँटहरु जैविक विविधताले भरिपूर्ण रमणीय प्राकृतिक गन्तव्यहरु राज्यको संरक्षणको पर्खाइमा रहेका छन् ।

जस्तै: कैलालीको घोडाघोडी ताल, कञ्चनपुरको वेदकोट ताल, लिंगा क्षेत्र, डोटीको शैलेश्वरी मन्दीर, खप्तड क्षेत्र, डडेल्धुराको उग्रतारा मन्दिर, अमरगढी किल्ला, अछामको रामारोशन फाँट, वैजनाथ मन्दिर, बाजुराको बडिमालिका, दार्चुलाको मालिकार्जुन धाम, बैतडीको निंग्लाशैनी मन्दीरलगायतका आन्तरिक तथा बाह्य पर्यटकहरुको मनै लोभ्याँउने पर्यटकीय स्थलहरु राज्यको संरक्षणको पर्खाइमा छन् ।

सुदूरका यी सबै धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको आ–आफ्नै महत्व र विशेषताहरु रहेका छन् । यी सबै पर्यटकीय स्थलहरु धार्मिक तथा साँस्कृतिक रुपमा जोडिएका छन् । जसले सुदूरपश्चिमको कला, धर्म र संस्कृतिको जर्गेना गरेको छ । यी सम्पदाहरुले सुदूरपश्चिमलाई विश्वमानै चिनाउन सफल भएका छन् ।

बिडम्बना भन्नुपर्छ, सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थलहरुले राज्यलाई धेरै उचाईमा राख्यो तर राज्यले भने सुदूरका ती धार्मिक तथा पर्यटकीय क्षेत्रहरुलाई चिन्न सकेन । उदाहरणका लागि कैलालीको घोडाघोडी ताललाई र डोटीको खप्तड क्षेत्रलाई लिन सकिन्छ ।

सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थलहरुले राज्यलाई उचाई दिएपनि राज्यले चिन्न सकेको छैन ।

कैलालीको घोडाघोडी ताल क्षेत्रले जैविक विविधतामा ठूलो सहयोग पु¥याएको छ । यस तालको आफ्नै महत्व रहेको छ । यस तालले पर्यावरणीय क्षेत्रमा पनि ठूलो टेवा पुगाएको छ । कैलालीको घोडाघोडी ताल क्षेत्रमा विभिन्न प्रजातीका चराचुरुङ्गी, विभिन्न प्रकारका जल प्राणहरु देखिने गरेका छन् । जसले घोडाघोडी तालको सौन्र्दयता बढाएको छ । र, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउनमा पनि ठूलो सहयोग पु¥याएको देखिन्छ ।

त्यस्तै सुदूरपश्चिमको पहिचानलाई अन्तराष्ट्रियस्तरमा चिनाउने डोटीको खप्तड क्षेत्र पनि एक हो । यसको आफ्नै पहिचान र परम्परागत धार्मिक मूल्यमान्यता रहेको छ । खप्तड क्षेत्र सुदूरको प्रमुख पर्यटकीय स्थल हो । यो क्षेत्र जडीबुटी, हरियाली जंगल, धार्मिक देवीदेवताको बासस्थान, तालतलैया र त्रिवेणीले भरिपूर्ण छ ।

साथै यहाँका ठूलाठूला मैदानमा मखमली गलैँचाजस्तो देखिने दृष्यले जो कोहिको पनि मन लोभ्याँएको छ । अहिले बसन्त ऋतुको मौसममा अपि, सैपाल हिमालको मनमोहक दृष्यहरु पनि हर्न सकिन्छ ।

बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थलकोरुपमा रहेको खप्तड धार्मिक, आध्यात्मिक र पर्यावरणीय हिसावले अति नै मनमोहक छ । जसले पर्यटकहरुको मनलाई लोभ्याँएको छ । यहाँ ढुंगाहरुमा कुँदिएका प्राचिन मूर्तिहरु रहेका छन । यस क्षेत्रमा पाइने जडिबुटीले परम्परागत महत्व बोकेको छ ।

तर, सुदूरका यीं पर्यटकीय तथा धार्मिक स्थलहरुको राज्यस्तरबाट संरक्षण र सम्र्बद्धन नहुँदा ओझेलमा परेका छन् । सुदूरमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुसम्म पुग्नका लागि यातायात र सम्भावित क्षेत्रहरुमा केवलकारको व्यवस्था मात्रै गरिने हो भने पर्यटनको क्षेत्रमा ठूलो टेवा पुग्ने देखिन्छ । अर्थतन्त्रमा पनि ठूलो सहयोग पुगने छ । त्यसैले राज्यको ध्यान पर्यटन विकासमा जन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्