Logo
Logo

एनआरएनए अमेरिकाको उपाध्यक्षमा चन्द्र लामाकाे उम्मेदवारी


दृष्टि संवाददाता


काठमाडौं । दुई दशकदेखि अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका अमेरिकाको खेलकुद संयोजक चन्द्र लामाले गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आगामी निर्वाचन (२०२१/०२३)का लागि उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए एनसिसी युएसएको सदस्यता लिने अन्तिम मिति फेब्रुअरी १५ ,२०२१ रहेको छ ।

नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा नेपाल ओलम्पिक कमिटिका सदस्य रहेका लामा अमेरिकामा आयोजना हुने विभिन्न खेलकुदमा सक्रिय सहभागि हुँदै आएका छन् । उनले नेपालमा हुँदा २०४३ देखि ५८ सम्म उसु प्रशिक्षणको रूपमा काम गरेका थिए ।

अमेरिकामा बसेपनि खेल क्षेत्रबाट नेपाललाई याेग्दान दिने सकिने उनी बताउँछन् । युवा तथा खेलकुदलाई अझ सशक्त र मजबुत बनाउन आफूले उपाध्यक्ष पदमा उम्मेदवार दिएकाे लामा बताउँछन् ।

सम्पूर्ण युवावर्गकाे लागि खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्ने मुख्य सोचल नै आफूले उम्मेदवारी घोषणा गरेकाे लामाले बताए । अमेरिकामा बसेपनि खेलकुदबाट मातृभूमि नेपाललाई चिनाउने आफ्नो उद्देश्य भएको उनी बताउँछन् ।

अमेरिकामा बसाेबास गर्ने नेपालीहरूलाई खेलकुदमा संलग्न गराई अमेरिकाबाट युरोप र मातृभूमि नेपालमा हुने प्रतियाेगितामा संलग्न गराउने उनकाे प्रतिवद्धता रहेकाे छ । त्यस्तै मातृभूमि छाडेर पनि आफ्नो मातृभूमिको लागि खेल क्षेत्रबाटै केही गर्ने उनको प्रतिवद्धता छ ।

अमेरिकामा रहेका गैरआवासीय नेपाली खेलाडीहरूले पनि नेपालकाे लागि पदक दिलाउन सक्ने उनकाे दाबी छ । अमेरिकामा बस्दै आएका गैरआवासीय नेपाली खेलाडीहरूले पनि नेपालकाे गाैरिका सिंहलेजस्तै पदक दिलाउन सक्न लामा बताउछन् ।

आवासीय नेपालीहरूको पहिचान र अमूल्य आर्दशलाई माथि उठाउन र साझा प्लेटफर्मको रुपमा स्थापना गराउन युवाहरूको महत्वपूर्ण भूमिका रहेने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्