Logo
Logo

निरन्तर हिमपातका कारण शव ढिलाई


- दृष्टि न्युज/संवाददाता


शव सुकेटार विमानस्थलबाट काठमाण्डौ ल्याउने तयारी गर्दै ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याए पछि काठमाण्डौ ल्याउने तयारी गर्दै ।

सुकेटार, १६ फागुन । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौंमै परीक्षण हुने भएको छ । शव पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गर्दै काठमाडौं पठाइन लागेको हो । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर, निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ पठाउन ढिलाइ भइरहेको छ ।
ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।
हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्