Logo
Logo

एमाले प्रवेश गरेका चार माओवादी मन्त्रीलाई कारबाही


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको हो ।

 

चारैजना सांसद अहिले मन्त्री छन् । ओली समूहमा गएर मन्त्री बनेका खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा भने सांसद छैनन् । सांसद नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाइने भएकाले प्रधानमन्त्री केपी ओलीले नियुक्ति दिएका थिए ।

राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्