Logo
Logo

बिस्केट जात्रा नरोक्न मागसहित सरकारलाई ध्यानकर्षण पत्र


दृष्टि संवाददाता


काठमाडौं । सेतो मेछिन्द्रनाथ व्यवस्थापन समिति ११४१ ले स्वास्थ्य मापदण्ड पालना गरी बिस्केट जात्रा मनाउन मागसहित सरकारलाई ध्यानकर्षण गराएको छ ।

समितिले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय साँस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्ने पराम्परागत साँस्कृतिक पर्व मध्यको भक्तपुरमा मनाइने बिस्केट जात्रा र अन्य पर्व, परम्परालाई कोभिड १९ महामारी फैलिन सक्ने कारण देखाएर स्थगित गर्न सरकारी निकायहरुले जारी गरेको निर्देशनप्रति आपत्ति जनाउँदै ध्यानकर्षण गराएको हो ।

‘साँस्कृतिक जात्रा पर्व, पराम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार सम्बन्धित सरोकारवाला गुठियारहरुको हुने गरेको छ र हुनुपर्छ’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै सरकारी निर्णय फिर्ता लिई सुरक्षा र स्वास्थ्य सम्बन्धी विविध उपाय अवलम्बन गरी साँसकृतिक जात्रा परम्परालाई निरन्तरता दिनुपर्ने माग समितिले राखेको छ ।

विज्ञप्ति सहित :

प्रतिक्रिया दिनुहोस्