Logo
Logo

लेखा अधिकृत र इन्जिनियर मिलेर भ्रष्टाचार


दृष्टि संवाददाता


काठमाडौं, २५ चैत ।
पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौडा, मकवानपुरमा लेखा अधिकृत र इन्जिनियर मिलेर भ्रष्टाचार गरेका छन् । सव–इन्जिनियर नेत्र प्रसाद लामिछानेले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि घुससहित पक्राउ परेका थिए ।


अनुसन्धानको सिलसिलामा प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना, वाग्मती प्रदेश हेटौंडा, मकवानपुरका लेखा अधिकृत देवी प्रसाद गौतमको पनि त्यसमा मिलेमतो दखुलेको हो । सोही कार्यालयका सव–इन्जिनियर (करार सेवाका) नेत्र प्रसाद लामिछानेले सेवाग्राहीलाई उपभोक्ता समितिको धरौटी रकम फिर्ता गरिदिएवापत रु. ५०,०००।– घुस÷रिसवत माग गरी लिएको पुष्टि हुन आएको र निजहरुले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले देवी प्रसाद गौतम र नेत्र प्रसाद लामिछानेलाई बिगो रु. ५०,०००।– (पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) अनुसारको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्