Logo
Logo

सूचना प्रविधि विधेयक : पछि हट्यो सरकार


दृष्टि संवाददाता


काठमाडौं । सामाजिक सञ्जाललाई अंकुश लगाउने गरी ल्याइन लागेको सूचना प्रविधि विधेयक प्रतिनिधिसभामा पेश नहुने भएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी अवस्था पुगेको अभिव्यक्ति स्वतन्त्रतामाथि विधेयकले प्रतिबन्ध लगाउन खोजेको भन्दै चर्को विरोध भएपछि सरकार पछि हटेको हो ।
एक वर्ष पहिले नै कांग्रेसको असहमतिबीच समितिबाट बहुमतले पास भएको सो विधेयक प्रतिनिधि सभामा पेश गर्ने सरकारको तयारी थियो । विधेयक पेश गर्ने कार्यसुची बनाइएपछि बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसदहरुले विरोध गरेको थियो । वरिष्ठ अधिवक्ता एवं कांग्रेस नेता राधेश्याम अधिकारीका अनुसार कांग्रेसले यो विधेयक अघि बढाउन नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्