Logo
Logo

राइस कुकरभित्र ७० लाखको सुन


दृष्टि संवाददाता


काठमाडौं, २६ चैत
दैनिक जसो बरामद भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । प्रहरी र भन्सार अधिकारीलाई छक्याउन तस्करी समूहले नयाँ– नयाँ शैली अपनाउन थालेका छन् ।


कुकरको तल्लो भागमा सुनको जलप लगाएर समेत तस्करी हुन थालेको छ । मंगलबार विमानस्थलका यसरी तस्करी भएकोका करिब नौ सय ग्राम सुन बरामद गरेको छ । जुन करिब ७० लाख रुपैयाँ बराबरको छ ।
फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७३ बाट आएका प्रगास महरालाई भन्सारले तस्करीको ९ सय ३४ ग्राम सुनसहित पक्राउ गरेको हो । राइस कुुकरको तल्लो भागमा फ्याक्ट्रीमै सुन टाँसेर ल्याइएइको छ । भन्सारको एक्सरेले सुन पत्ता लगाएको हो । पक्राउ परेका महरा सुन तस्कर गिरोहले प्रयोग गरेका भरिया भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
केही दिनयता नियमितजसो विमानस्थलमा तस्करीको सुन बरामद हुँदै आएको छ । गत २० चैतमा मात्र प्रहरीले दुबईबाट आएका विष्णु बहादुर भण्डारीलाई पाँच सय १६ ग्राम सुनसहित पक्राउ गरेको थियो । त्यसअघि ११ चैतमा दुबईबाट आएका सहदेव चौधरी ७० ग्राम सुनसहित पक्राउ परेका थिए । १० चैतमा रिचार्जएबेल ब्याट्रीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने धादिङका रमेश सापकोटा र सिन्धुलीका निदोष थिङ पक्राउ परेका थिए । उनीहरुबाट चार सय ग्राम सुन बरामद भएको थियो । सो सुन दुबईबाट ल्याइएको थियो ।
तस्करी गर्ने समूहले विविध सामानभित्र लुकाएर तस्करी गर्न खोज्ने गरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्