काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र भारतीय समकक्षी हर्ष वद्र्धनबीच कोभिड–१९ खोप आपूर्तिको विषयमा टेलिफोन वार्ता भएको छ ।

शुक्रबार भएको वार्तामा स्वास्थ्यमन्त्री त्रिपाठीले अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्न भारतलाई आग्रह गरेको बताइएको छ । जवाफमा भारतीय स्वास्थ्यमन्त्री हर्षवद्र्धनले यसबारे सिरम इन्स्टिच्युटसँग बुझेर खबर गर्ने बताएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दुई मन्त्रीबीच कोभिड–१९ को दोस्रो लहरसँग मिलेर लड्ने बारेमा पनि कुराकानी भएको थियो । मन्त्री त्रिपाठीले नेपाल र भारतबीच खुला सीमा भएकाले पनि भारतले नेपाललाई खोप आपूर्तिमा प्राथमिकता दिनुपर्ने माग गरेका थिए ।












