Logo
Logo

राष्ट्रपतिले वितरण गरेको तक्मामा नेपालको पुरानै नक्सा, युवा संघद्वारा विरोध प्रदर्शन


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार शीलतनिवासमा वितरण गरिएका विभिन्न मानपदवी, अलङ्कार र पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई शुक्रबार मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन् ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेको हो । वितरण गरिएका ती पदकहरूमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ।

प्रदर्शनकारीहरूले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोइ ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए ।

केपि सरकार र राष्ट्रपतिले बाडेको पदक राष्ट्रघाति कदम रहेको संघका प्रवक्ता सन्जिप राइले बताए ।

प्रतिक्रिया दिनुहोस्