Logo
Logo

हप्ता असुल्ने ‘टोले गुन्डा’ पक्राउ


दृष्टि संवाददाता


काठमाडौं , २८ चैत ।
काठमाडौका विभिन्न स्थानहरुमा गुण्डागर्दी र अपराधिक कार्यमा संलग्न रहेका नुवाकोट लिखु गाउँपालिका वडा नं ३ घर भई हाल मनमैजु वस्ने वर्ष ३७ का टिकाराम पुलामी मगर राम पुलामी मगर भन्ने सिताराम पुलामी मगर पक्राउ परेका छन् ।

उनले विभिन्न नाम वताई गुण्डा गर्दी गर्दे आएकोले उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
उनले मनमैजु लोकतान्त्रिक चोकमा वर्गर हाउस र नुवाकोट नुवाकोटमा निर्माण सेवा कम्पनी संचालक गर्दे आईरहेका थिए । निर्माण सेवामा समेत ठेक्कापट्टामा धम्काउने जस्ता कार्य गरेकोले उनको विरुद्द काठमाडौ र नुवाकोटमा विभिन्न शिर्षकमा ६ वटा मुद्धा दर्ता भई अनुसन्धान भएको र जसमध्ये १÷१ वटा मुद्धा काठमाडौ र नुवाकोटमा अनुसन्धान भईरहेको छ । उनीबाट धेरै व्यवसायी पीडित रहेको प्रहरीको भनाई छ । कतिपयलाई धम्काएर उनले हप्ता समेत असुल्ने काम गर्दथे ।

प्रतिक्रिया दिनुहोस्