Logo
Logo

आज कांग्रेस पदाधिकारी बैठक बस्दै


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने कांग्रेस कार्यालयले जनाएको छ ।
कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक १४औँ महाधिवेशनको सन्दर्भमा बस्न लागेको हो । बैठकले सोमबार बस्ने केन्द्रीय कार्यसमितिको एजेण्डा समेत तय गर्ने बताइएको छ ।
बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएकोछ । उक्त बैठकमा नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने भएको छ । यसअघि सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेतासँग नयाँ सरकार गठनबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्