काठमाडौं । नेकपा एमाले केपी ओली पक्षमा लागेका माओवादी केन्द्रका प्रदेश–२ को चारजना प्रदेशसभा सदस्यहरुलाई पार्टीले कारबाही प्रक्रिया बढाएको छ । उनीहरु एमालेमै रहने भएपछि कारबाही प्रक्रिया थालेको हो ।

माओवादी केन्द्रबाट रामचन्द्र मण्डल धनुषा–१ को ‘ख’बाट निर्वाचित प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । यस्तै, बारा क्षेत्र नम्बर ३ को ‘क’बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट–३ को ‘ख’बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह नेकपा विभाजित भएका बेला एमाले ओली पक्षमा प्रवेश गरेका थिए । उनीहरुले एमालेमै रहने बताएपछि माओवादी केन्द्र कारबाही थालेको हो ।
यस्तै, बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समीर पनि एमालेका प्रवेश गरेका छन् । पार्टीले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधिएको छ ।
माओवादी संसदीय दलका प्रमुख सचेतक दीलिप साहका अनुसार शुक्रबार नै उनीहरुलाई स्पष्टिकरण पत्र पठाइसकिएको छ । तर जवाफ पठाएका छैनन् ।
दलका नेता मण्डलसहित चारैजनालाई माओवादी अध्यक्ष पुष्पकमला दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेर स्पष्टिकरण सोधिएको छ । अन्य पार्टीमा गतिविधि गरिरहेकाले उनीहरुलाई पदमुक्त गरिने माओवादी केन्द्रले जनाएको छ । सोमबार प्रदेशसभा बैठक बस्दैछ । सो बैठकअघि नै चारै जना सांसदलाई पदमुक्त गरिने तयारी गरिएको छ ।












