काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शैक्षिक संस्था बन्द गर्ने निर्णय नभएको बताएका छन्।
शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने बिषयमा छलफल भएपनि निर्णयमा पुन नसकिएको उनले बताएका हुन् ।

‘देशमा कोरोनाको नयाँ भेरिएन्ट (प्रजाति)को संक्रमण देखिन थालेपछि शैक्षिक संस्थालाई कसरी चलाउने भन्ने बिषयमा छलफल गरिएको हो । यो छलफल सकिएको छैन । त्यही पनि निर्णय गर्ने अधिकार मन्त्रीपरिषद्लाई हुन्छ, हामीलाई हुँदैन,’ उनले भने।
शैक्षिक संस्था बन्द गर्न मन्त्रीपरिषद्मा सुझावसमेत नपठाइएको पनि उनले स्पष्ट पारे। ‘यो बिषय छलफलकै क्रममा रहेको छ। पहिला सचेत बनाउने कोसिस गर्छौं तर, बन्द गर्ने निर्णय गरेका छैनौं,’ उनले भने ।











