Logo
Logo

शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालियो


दृष्टि संवाददाता

2k
Shares

काठमाडौँ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार लागेको डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ ।

आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो निभाउने प्रयास भइरहेको छ । आइतबार मध्याह्न डढेलो लागेपछि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो ।

सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको बूढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिए । उनले भने’तीन वटा हेलिकप्टरले पानी हाल्दै छन्। नियन्त्रणको प्रयास जारी छ ।’

हेलिकोप्टरमा पानी भर्न होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको बताइएको छ ।

पछिल्लो समय देशभर विभिन्न ठाउँमा आगलागी हुने क्रम बढेको छ। शनिवार मात्र भक्तपुरस्थित नगरकोटको जङ्गलमा लागेको डढेलो राति अबेर नियन्त्रणमा आएको थियो। साँझ करिब सवा पाँच बजेतिर सल्केको आगो नियन्त्रणका लागि तीन वटा दमकल प्रयोग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्