बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् ।
आइतबार बुटवलमा नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रिय राजनीतिको असर तल्लो तहसम्म पर्ने भएका कारण पनि लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताए ।

मन्त्री केसीले देशमा संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार नदिएको गुनासो गर्दै देशमा देखिएको यो समस्याको जड नै अहंकार र दम्भको प्रतिफल भएको जानकारी दिए ।
मुलुकको यो अस्थिर अवस्थामा मिडियाको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दैनवनिर्वाचित पदाधकारीहरुलाई जिम्मेवार भएर अगाडि बढ्न उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारसगँ सहकार्य गरेर पत्रकारका मुद्धाहरुलाई समाधान गर्ने बताए ।











