Logo
Logo

टुँडिखेलमा घाेडेजात्राकाे राैनक (फाेटाेफिचर)


दृष्टि संवाददाता


काठमाडौं । आइतबार टुँडिखेलमा घोडेजात्रा मनाइएको छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो ।

घोडेजात्रा अवलोकनका लागि टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अतिथिहरु पुगेका थिए ।

जात्रामा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए।  साथै साइक्लिङ र कुकुरहरुको प्रस्तुती समेत गरिएको थियो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्