Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्