Logo
Logo

शिक्षण संस्था बन्दकाे विपक्षमा सरोकारवाला


दृष्टि संवाददाता


काठमाडौं । शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । कोरोनाको दोस्रो लहर फैलँने जोखिम बढेसँगै शिक्षण संस्थालगायत भीडभाड हुने व्यवसायी बन्द गर्नेबारे छलफल चलिरहेका बेला सरोकारवाला विपक्षमा उभिएका छन् ।

सोमबार शिक्षा मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी शैक्षिक क्षेत्रका सरोकारवालाहरुले सरकारलाई विद्यालय बन्द गर्न नहुने सुझाव दिएका हुन् । उनीहरुले परीक्षा नजिएकाले बन्द गर्न नहुने तर्क गरेका थिए ।

छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष डा.चन्द्रमणी पौडेल, नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु, प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिए ।

छलफलका क्रममा उनीहरुको सुझाव सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा सचिव रामप्रसाद थपलियाले बताए ।
तर, यसअघि नै सीसीएमसीले संक्रमण बढेका काठमाडौं लगायतका सहरी क्षेत्रमा कम्तिमा ३ साता शिक्षण संस्था बन्द गर्न प्रस्ताव लगेको छ । उक्त प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्