Logo
Logo

एमसिसीलाई संसद्को बिजनेस बनाइयोस् : खगराज अधिकारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका सांसद् खगराज अधिकारीले एमसिसीलाई तुरुन्त संसद्को बिजनेस बनाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै अधिकारीले उक्त माग गरेका हुन् । उनले भने, ‘ यो एमसिसी तुरुन्त बहसको विषय बनाइयोस् र संसद्को बिजनेश र विषय बनाइयोस् भनेर जोडदार माग गर्दछु।’

कार्यव्यवस्था परामर्श समितिको बैठकमा अन्य विषयमा कुराकानी हुने गरेको भए पनि एमसिसीको विषय भने नहुने गरेको उनले गुनासो गरे । उनले भने, ‘सत्ता बाहिर हुँदा एमसिसीलाई राष्ट्रिय हित अनुकूल बनाइन्छ, यो एमसिसीलाई राष्ट्रिय हित अनुकूल बनाइन्छ, सत्ता बाहिर हुँदा। सत्ताको निम्ति यसलाई जुवाको खालमा राखेझैं गरिन्छ।’

 

प्रतिक्रिया दिनुहोस्