Logo
Logo

प्रधानमन्त्री ओलीले डाके महाधिवेशन आयोजक समितिको बैठक


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक समितिको बैठक  डाकेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारी सूर्य थापाका अनुसार वैशाख ६ गतेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपा एमालेमा पछिल्लो समय चुलिएको विवादलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ । पछिल्लो समय अध्यक्ष ओलीले नेता माधवकुमार नेपालसहित उनी पक्षीय केही नेताहरूलाई निलम्बन गरेका छन् ।

एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्