Logo
Logo

भारतीय गृहमन्त्री ढाका टोपीमा ढलक्कै


दृष्टि संवाददाता


काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदाताको विश्वास जित्न ढाका टोपी लगाएका हुन् ।

दार्जिलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसुकैसँग लड्न सक्छ ।’

उल्लेखनीय छ, दार्जिलिङमा नेपाली मूलका मतदाताको बाहुल्यता छ । गृहमन्त्री शाहले भारतीय जनता पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेपाली भाषीहरुको विश्वास जित्ने प्रयास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्