Logo
Logo

गोली लागेर गणभित्रै सिपाहीको मृत्यु


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ फागुन । धनकुटाको सल्लेरीस्थित नेपाली सेनाको बरख गणमा कार्यरत एक सिपाहीको गोली लागेर मृत्यु भएको छ ।


डोटी घर भई हाल बरख गण धनकुटामा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो । ब्यारेक भित्र राति डिउटीमा खटिएको जैशीको छाती र ढाँडमा तीन वटा गोली एकसाथ लागेको थियो ।

जैशी आफैले बोकेको राइफलको गोली लागेकोका कारण गोली आफैले हानेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । मृत्तकको लास पोष्टमार्टमको लागि धनकुटा अस्पतालमा राखिएको छ । मृत्तक जैशी पत्निका साथ ब्यारेक भित्रै बस्दै आएका थिए । घटनाको विस्तृत अनुसन्धान हुने एसपी गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्