Logo
Logo
वर्ष २०७७– राजनीति

व्यवस्था जोगाउन अभूतपूर्व सडक संग्राम


प्रदीपराज दाहाल


काठमाडौं । नेपाली राजनीतिका लागि वर्ष २०७७ कालो रहयो । बलिदानपूर्ण संघर्षको जगमा बनेका संविधान नै समाप्त पार्ने असंवैधानिक कदम प्रधानमन्त्रीबाटै भयो । व्यवस्था नै समाप्त पार्ने यस्ता थुप्रै घटना भएका छन्, वर्ष २०७७ मा ।

वर्ष २०७७ का मुख्य राजनीतिक घटना–

वैशाख
– मन्त्रिपरिषदद्वारा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश र राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस ।
– सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी ।
– मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश र राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश खारेज ।

जेठ
– लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा जारी ।
– नेपालको नयाँ नक्सा समेटिएको निशान छाप सार्वभौम संसदबाट सर्वसम्मतिले पारित ।

असार
– नेकपा अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग ।
– नेकपामा आन्तरिक कलहको विजारोपण ।

साउन
– नेकपा उपाध्यक्ष बामदेव गौतमद्वारा पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव प्रस्स्तुत, ओलीद्वारा समर्थन ।

भदौ
– तत्कालीन नेकपाभित्र सरकार र पार्टी सञ्चालन फरक–फरक अध्यक्षले गर्ने सहमति ।

असोज
– प्रधानमन्त्रीद्वारा मन्त्री हेरफेर, रक्षा मन्त्रालय खोसेर ईश्वर पोखरेललाई विना विभागीय मन्त्रीको जिम्मा ।

कात्तिक

– राजनीतिक संकट चलिएको बेला भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयल नेपाल आएर । सुटुक्कै बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्के ।
– वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित हुन योग्य रहेको सर्वाेच्च अदालतको फैैसला ।
– तत्कालिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा सचिवालय बैठकमा १९ पुष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरे, ओली समूहद्वारा विरोध ।
– भारतीय सेनाध्यक्ष मुकुन्द नरभने दुई दिने नेपाल भ्रमणमा, राष्ट्रपतिद्वारा मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान ।

पुस

– प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषदको निर्णय, सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा निर्णय सदर ।
– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाका ९० भन्दा बढी सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता ।
– ओली पक्षीय नेकपाद्वारा केन्द्रीय कमिटी विस्तार गरी ११ सय ९९ बनाउने निर्णय ।
– नेपाल कम्युनिस्ट पार्टी विभाजित । केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय ।
– विघटनपछि राजनीतिक अवस्था बुझ्न चिनियाँ सरकारी टोली नेपालमा ।

माघ

– विघटनको निर्णयविरुद्ध सडक संघर्ष, विभिन्न संघसंस्था, राजनीतिक दल र नागरिक समाजद्वारा सरकारको निरन्तर विरोध ।

फागुन
– संसद विघटन असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापित गर्ने सर्वोच्च अदलतबाट ऐतिहासिक फैसला ।
– सर्वोच्च अदालतद्वारा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकता खारेज ।
– नेकपा खारेजीको प्रभाव राज्यको तीनै तहको सरकारमा देखियो । आन्तरिक पार्टीमा एकले अर्कालाई कारवाही गर्ने क्रमले तीव्रता पायो ।

चैत

– नेपाली कांग्रेसद्वारा केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय ।
– नयाँ सरकारका लागि कांग्रेसद्वारा जसपा र माओवादी केन्द्रसँग सहकार्य गर्ने निर्णय ।

वर्ष २०७७ मा संविधानमाथि भएको प्रहार असफल भयो । आम नागरिक संविधानको रक्षा गर्दै वर्तमान व्यवस्था जोगाउन सडकमा उत्रे । ककककककककनेपाली राजनीतिमा मडारिएको कालो बादल अझै हटेको छैन । कामना गरौं, वर्ष २०७८ मा सबै राजनीतिक संकट अन्त्य हुनेछ । र, राजनीतिक स्थायीत्व कामय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्