Logo
Logo

‘रारा राष्ट्रिय नाटक महोत्सव’ हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० फागुन । ‘समृद्ध नेपाल सुखी नेपाल’को अवधारणमा यसपटक कर्णाली प्रदेशको सुर्खेतमा पहिलो ‘रारा राष्ट्रिय नाटक महोत्सव–२०७५’ आयोजना हुने भएको छ । यही २३ फागुनदेखि २९ फागुनसम्म महोत्सव हुने लागेको हो ।
महोत्सव आयोजना सांस्कृतिक संस्थानले गर्दैछ । स्थानीय नाट्य संस्था आरंग नेपालको सहकार्यमा यसपटकको राष्ट्रिय नाटक महोत्सव आयोजना गर्न लागिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । महोत्सवका लागि मुलुकका विभिन्न स्थानका १३ नाटक चयन भएका छन् ।
महाप्रबन्धक थापाका अनुसार महोत्सवमा उद्घाटनको दिन २३ फागुनमा आरंग नेपालले नाटक मुसल पर्व मञ्चन गर्दैछ । यस्तै २४ फागुनमा सोलुखुम्बु नाट्य समुह सोलुले आरन, खप्तड सांस्कृतिक मञ्च परिवारले छाउ मञ्चन गर्दैछ ।
यस्तै २५ फागुनमा मानव अधिकार मञ्च नेपालले म पहिलो सन्तान किसान जन्माउँछु, कर्णाली कला प्रतिष्ठान सुर्खेतले आमाको सपना मञ्चन गर्दैछ । २६ फागुनमा गढीमाई नाट्यकला केन्द्र बाराले नाटक दहेज आ दारु, सुदुर पश्चिम साहित्यिक समाज कैलालीले श्रीमान बीरबहादुर मञ्चन गर्दैछ । २७ फागुनमा साईलेन्स एक्ट काठमाडौंले जिउँदो आकाश, कर्णाली खस सांस्कृतिक मञ्च जुम्लाले फड्को नाटक प्रदर्शन गर्ने भएको छ ।
यो महोत्सबमा २८ फागुनमा मञ्जरी नाट्य समूह लमजुङको नौगेडी, शान्तिका लागि युवा सञ्जाल बर्दियाले नाटक हिटवा मञ्चन गर्ने भएको छ । महोत्सबको अन्तिम दिन २९ फागुनमा युथ क्रियसन थिएटर पोखराले नाटक घेरा र ङ समुहले नाटक एक बोली एक दाम मञ्चन गर्ने भएको छ ।
महोत्सबमा २४ देखि २८ फागुनसम्म दैनिक अन्तरक्रिया कार्यक्रम राखिएको पनि सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराएका छन् । यसरी सप्ताहव्यापी रारा राष्ट्रिय नाटक महोत्सबमा देशभरका नाटक मञ्चनसँगै विभन्न विषयमा कार्यपत्र प्रस्तुति र अन्तरक्रिया पनि महाप्रबन्धक थापाले जनाएका छन् ।
जसअन्तर्गत २४ फागुनमा डा. सवित्री कक्षपतिले नेपाली रंगमञ्चमा महिला रंगकर्मीको अबस्था र सोही दिन कान्छी महर्जनले नेपाली रंगमञ्च प्रवृति र प्रयोग शिर्षकमा कार्यपत्र प्रस्तुत गर्ने भएका छिन् । यस्तै, २५ फागुनमा प्रविण पूमाले नेपाली रंगमञ्चमा व्यवसायिक विकास र चुनौती शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दैछन् ।
महोत्सवमा २६ फागुनमा चन्द्रप्रसाद पाण्डेयले बर्तमान नेपाली रंगमञ्चमा मञ्चीय प्रस्तुतिको अवस्था र चुनौती, अशोक थापाले नेपाली रंगमञ्चको बर्तमान अबस्था, चुनौती र भावी कार्यदिशा शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दैछन् ।
यस्तै, २७ फागुनमा पुरु लम्सालले नेपाली रंगमञ्चमा मिथक तथा सांस्कृतिक प्रभाव र सोही दिन प्रविण खतिवडाले नाटक र सिनेमा अन्तर सम्बन्ध शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दैछन् । महोत्सबमा २८ फागुनमा डा. अभी सुवेदीले नेपाली रँगमञ्च र अन्तराष्ट्रिय रंगमञ्चको सम्बन्ध र सोही दिन रमेश रञ्जन झाले नेपाली रँगमञ्चमा मञ्चीय प्रस्तुतिको अबस्था र चुनौती शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दैछन् । महोत्सबको तयारी लगभग पूरा भएको जनाइएको । २३ फागुनबाट सुरु हुने यो महोत्सबमा सहभागी हुने नाट्य टोलीहरु २१ फागुनबाटै धमाधम सुर्खेत पुग्दैछन् ।

प्रतिक्रिया दिनुहोस्