Logo
Logo

गृह मन्त्रालयको प्रवक्तामा दाहाल


दृष्टि संवाददाता


काठमाडौं, ३ बैशाख
गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सहसचिव जनकराज दाहालले पाएका छन् । हाल प्रवक्ता रहेका चक्रबहादुर बुढाको कर्णाली प्रदेशमा सरुवा भएपछि मन्त्रालयमै कार्यरत दाहाललाई शान्ति सुरक्षा समन्वय महाशाखाको प्रमुख र प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

जनकराज दाहाल

दाहालले आइतबारदेखि जिम्मेवारी सम्हाल्न लागेका छन् । दाहाल यसअघि काठमाडौं, झापा लगायत जिल्लामा सिडिओ भइसकेका छन् । उनी मध्यम कार्यक्षमतका प्रशासकका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्