Logo
Logo

ओलीको स्वेच्छाचारिताको सीमा नाघ्योः वरिष्ठ नेता झलनाथ खनाल


दृष्टि संवाददाता


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीले दुईदिनभित्र स्पष्टीकरण बुझाउन भनेपछि वरिष्ठ नेताहरु आक्रोशित बनेका छन् ।

 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाहीको डण्डा देखाएर पार्टी र मुलुकलाई निरंकुश शासनतर्फ धकेलेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको सीमा नाघेको बताए । उनले भने, ‘हामी सुरुदेखि नै पार्टी एकताको पक्षमा छौं । नेकपालाई पनि सग्लो राख्ने अभियान थियो, हाम्रो तर ओलीले भाँडे ।

सर्वोच्च अदालतको फैसलापछि एमाले व्यूँतियो । यो २०७५ जेठ २ को अवस्थामा हुनुपर्ने तर ओलीले पार्टी विभाजनतर्फ धकेले ।’ उनले भने, “पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिन्छौं । हामी पार्टी एकताकै पक्षमा छौँ ।”

उनले नेताहरूलाई स्पष्टीकरण सोध्ने कृत्य पार्टीलाई विभाजन गर्ने, विघटन गर्ने मनशायबाट प्रेरित भएको पनि टिप्पणी गरे । “अनुशासनको कारबाही गर्नु तर्साउने कुरा हो । ओलीले तर्साउँदैमा कोही तर्सिनेवाला छैन । पार्टीमा सबैको योगदान छ । कोही पार्टी आन्दोलन छाडेर भाग्नेवाला पनि छैन,” उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्