Logo
Logo

भारतमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ जनाको मृत्यु


दृष्टि संवाददाता


एजेन्सी । भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ।

नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो ।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूलाई अक्सिजन कमी भएको र उक्त घटनाको अनुसन्धान गर्ने बताएका छन् ।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । कोरोनाबाट सबभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्