Logo
Logo

नेपाल समूहका सांसदसँग ओलीको ‘सिंगल-सिंगल डिल’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले वरिष्ठ नेता माधवकुमार नेपालका सांसदसँग ‘सिंगल डिल’ गरिरहेका छन् ।

१० औँं महाधिवेशन आयोजक कमिटीको बैठकबाट नेपाल समूहका २७ सांसदलाई कारवाही गर्ने निर्णय गरेसँगै सांसदहरूकै इच्छामा अध्यक्ष ओलीले एक्ला एक्लै छलफल गरेका हुन् ।

नेता योगेश भट्टराईले बुधबार सोही प्रकारले पार्टी अध्यक्षसँग भेट गरेका हुन् । भेटमा भट्टराईले पार्टीलाई एकताबद्ध बनाउने हिसाबले भूमिका खेल्न सुझाएका थिए भने ओलीले आफू निर्णयबाट पछि नहट्ने प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोधिएका अर्का सांसद सोमप्रसाद पाण्डेले पनि बुधवार भेटेका छन् । अर्का सांसद नारायण खतिवडा काठमाडौं आएर ओलीसँग भेट्ने जानकारी दिए ।

गणेश पहाडी लगायतका सांसद पनि सम्पर्कमा छन् । बालुवाटार नपुग्ने सांसदसँग ओलीले फोनमै पनि कुराकानी गरिरहेको समेत नेपाल समूहका नेताहरूले बताएका छन् ।

सांसदले भेटेसँगै ओलीसँग एकलै वार्ता नगर्ने अडान लिइहरको नेता पनि संवादमा रही रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्