Logo
Logo
ओली–नेपाल वार्ता

माधव कुमार नेपालको प्रतिकृया- ‘बोल्नुपर्ने गरी केही प्रगति छैन’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको भेटलाई निर्णायक वार्ताको रुपमा प्रचार गरिएको थियो । तर, नेता नेपालले भने केही प्रगति नभएको प्रतिकृया दिएका छन् ।

होटल मेरियटमा करिव दुई घण्टा चलेको वार्तापछि बाहिरिदै नेता नेपालले केही प्रगति नभएको प्रतिकृया दिएका हुन् । नेता नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै भने– ‘म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’

एमालेमा आन्तरिक विवाद चुलिएसँगै ओली–नेपालबीच सुरू भएको संवादहिनता तोड्दै हिजोदेखि सुरू भएको ओली–नेपाल वार्ताले सकारात्मक परिणाम दिने अपेक्षा गरिएको भए पनि वार्ता उपलब्धिमूलक हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्