Logo
Logo

प्रभु शाह एमाले स्थायी कमिटीमा अटाएनन्


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेतालाई समेटेर स्थायी कमिटी विस्तार गरेको छ ।
शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी विस्तार गरेको हो ।

जुन कमिटीमा माओवादी त्यागेर एमाले प्रवेश गरेका चार नेता परेका छन् । रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापा स्थायी कमिटी सदस्य बनेका छन् । तर, माओवादीबाट एमाले प्रवेश गरेका प्रभु शाह भने स्थायी कमिटीमा अटाउन नसकेका हुन् ।

एमाले–माओवादी एकतापूर्व शाह माओवादीको कार्यालय सदस्य थिए । मधेशमा राम्रो पकड भएका शाह भने एमालेको स्थायी कमिटीमा नअटाएका हुन् । शाह वर्तमान सरकारका शहरी बिकासमन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्