Logo
Logo

दिल्लीमा थप एक साता लकडाउन


दृष्टि संवाददाता


नयाँदिल्ली । कोरोना महामारी भयावह हुँदै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा थप एक साता लकडाउन गरिएको छ । अतइतबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को एक साताका लागि लकडाउन बढाइएको घोषण गरेका हुन् ।

दिल्ली सरकारले अघिल्लो सोमबार एक साताका लाागि लकडाउन लागू गरेको थियो । तर, संक्रमणमा अपेक्षाकृत ढंगले कमी नआए पछि सोमबार बिहानसम्मको पहिलो लकडाउन सकिनु अघिल्लो दिन नै केजरीवालले ३ मेको बिहान पाँच बजेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् । दोस्रो चरणको लकडाउन सोमबार राति १० बजेदेखि लागू हुनेछ ।

दिल्लीको अन्य राज्यहरुको तुलनामा संक्रमण दर पनि उच्च रहेको छ । दैनिक परीक्षणमा करीब ३७ प्रतिशतका दरले कोरोना पुष्टि भइरहेको छ । संक्रमणमा अघिल्लो साताभन्दा थोरै गिरावट देखिए पनि अवस्था अझै पनि भयावह छ । दिल्लीमा शनिबार मात्रै २४ हजार १०३ नयाँ संक्रमित थपिएका छन् । र, ३५७ जनाको मृत्यु भएको थियो । शनिबार थपिएका गरी दिल्लीमा सक्रिय संक्रमितको संख्या करीब एक लाख पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्