Logo
Logo

सीसीएमसीको बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) बैठक आज बस्ने भएको छ । सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार बैठक आइतबार अपरान्ह ३ बजे बस्दैछ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । त्यही विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा निर्देशक समितिको बैठक बोलाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्