Logo
Logo

म्युचल फन्ड : जोखिम बिनाको लगानी


दृष्टि संवाददाता


काठमाडौं । नेपालको पूँजी बजारमा एउटा चर्चित नाम हो, एनआईबिएल एस क्यापिटल । १० वर्षअघि स्थापना भएको यो कम्पनीले पछिल्लो समय सामूहिक लगानी कोष (म्युचल फन्ड)लाई समेत प्राथमिकता दिइरहेको छ ।

त्यही क्रममा एनआईबिएलले आफ्नो चाैँथाे स्किम सोमबार सार्वजनिक गरेको हो । एनआइबिएल समृद्धि फन्ड –२ अन्र्तगत १० रुपैयाँ दरका १२ करोड इकाइ निकाष्शन गरिएको छ । १० वर्षे बन्दमुखी यो स्किममा २० प्रतिशतसम्म लाभांस दिने प्रक्षेपण कम्पनीले गरेको छ ।

साना र नयाँ लगानीकर्ताले यो स्किममा लगानी गर्ने आफूहरुको अपेक्षा रहेको एनआइबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुगाना बताउँछन् । ‘म्युुचल फन्डमा लगानी एक कप चियाभन्दा सस्तो छ,’ उनी भन्छन्, ‘एक कप चियाको २० रुपैयाँ पर्छ, २० रुपैयाँमा दुई इकाई किन्न सकिन्छ, म्युचल फन्डबाट लगानीको बानी विकास गर्नुपर्छ ।’ यो योजनामा न्यूनतम एक हजार देखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सकिने उनले बताए ।

एनआइबिएलले हालसम्म तीन वटा फन्ड निष्काशन गरिसकेको छ । पहिलो एनआईबिएल समृद्धि फन्ड हो । जून आगामी पुसमा परिपक्क हुँदै छ ।

त्यस्तै, एनआइबिएल सहभागिता फन्ड दोस्रो हो । जुन नेपालको पहिलो खुलामुखी फन्ड हो । तेस्रो भनेको, एनआईबिएल प्रगति फन्ड हो । सोमबारदेखि सुरु भएको एनआईबिएल समृद्धि फन्ड–२ चौँथो हो । विगतका अनुभवबाट सिकेर यो फन्ड धेरै सफल हुने कम्पनीका व्यवस्थापकहरुको विश्वास छ ।

‘एनआईबीएल समृद्धि फन्ड–२ को ६० देखि ७० प्रतिशत लगानी बजारमा गछौँ,’ ढुंगाना भन्छन्, ‘बन्ड, डिभेन्चर, फिक्सड डिपोजिट लगायतमा ३० देखि ३५ प्रतिशत त्यसमा लगानी गर्ने हाम्रो योजना छ । यसमा विगतमा भन्दा धेरै प्रतिफल दिने हाम्रो लक्ष्य छ ।’

शेयर बजारमा सर्वसाधारणको लगानी ठूलो आकर्षण भएपनि म्युचल फन्डमा भने तुलनात्मक रुपमा कम छ । तर, पछिल्ला वर्ष आकर्षण बढ्दै गएको छ ।

शेयर बजारमा सर्वसाधारणको लगानीको ठूलो आकर्षण भएपनि म्युचल फन्डमा भने तुलनात्मक रुपमा कम छ । तर, पछिल्ला वर्ष आकर्षण बढ्दै गएको ढुंगाना बताउँछन् ।

‘म्युचल फन्डमा ७० हजारसम्म आवेदन पर्न थालेको छ, यो सकारात्मक हो,’ उनी भन्छन्, ‘नेपालमा अझै यसबारे जनचेतनाको कमी छ, धेरैले फिक्स्ड डिपोजिट जस्तै भन्छन्,  तर यसमा धेरै प्रतिफल दिलाउने उद्देश्य हुन्छ, लगानीकर्तालाई जोखिम कम छ ।’

यस्तो फन्डमा विभिन्न लगानीकर्ताको रकम जम्मा गरेर शेयर बजार तथा अन्य क्षेत्रमा कम्पनीले लगानी गरी नाफा कमाई लगानीकर्तालाई लाभांश बाँड्ने गर्दछ । लगानीका विज्ञहरु कम्पनीमा हुने भएकाले यसमा जोखिम कम हुन्छ । म्युचल फन्डअन्तरगत कम्पनीले नयाँ र साना लगानीकर्ताको पैसालाई संकलन गरेर बजारको सुक्ष्म विश्लेषण गरेर आफूहरुले लगानी गर्ने ढुंगाना बताउँछन् ।

त्यसो त नेपालमा म्युचल फन्ड सुरु भएको करिब १० वर्षमात्र भएको छ । २०६७ सालमा बल्ल यससम्बन्धि कानून आएको हो । त्यसयता विस्तारै यसमा लगानी बढ्दै गएको छ । यसमा संस्थागत लगानी धेरै रहेको ढुंंगानाको भनाइ छ ।

आइपिओमा उच्च आकर्षणको तुलनामा म्युचल फन्डमा कम छ । ‘आइपिओमा लगानी गर्दा तत्काल उच्च प्रतिफल पाइन्छ भन्ने हुन्छ,’ उनी भन्छन्, ‘म्युचल फन्डमा प्रतिफल पाउन समय लाग्न सक्छ, प्रतिफल सन्तुलित किसिमको हुन्छ, म्युचल फन्डको लगानीमा जोखिम छैन, डिपोजिटमा भन्दा राम्रो प्रतिफल छ ।’

एनआईबिएल एस. क्यापिटल देशको नम्बर १ बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी हो । एनआइबिएलसँग ४० भन्दा धेरै कम्पनीको आरटिएस सेवा दिइरहेको छ ।

कम्पनीमा दुई लाख ५० हजार डिम्याट खाता खोलेका छन् । एनआइबिएलले १५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिँदै आएको ढुंगाना बताउँछन् । सेवामा सधैँ नयाँ प्रविधि हुने भएकाले पनि एनआईबिएलले ग्राहकलाई खुशी बनाउन सकेको उनी बताउँछन् । सेवालाई बिकेन्द्रीत गर्दै कम्पनीले विराटनगर र वुटवलमा समेत कार्यालय स्थापना गरी सेवा गरिरहेको छ ।

कम्पनीले कर्पाेरेट एडभाइजरीको कामलाई पनि तिव्रता दिन लागेको ढुंगानाले बताए । ‘कसैसँग पैसा छ, त्यो पैसा कहाँ लगानी गर्ने भने थाहा नहुन सक्छ, कसैसँग आइडिया हुन्छ लगानीको पूँजी नहुन सक्छ,’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा एक अर्कालाई भेटाइदिन काम गर्छौँ, कतिपयलाई कसरी बैंकबाट कर्जा लिएर व्यवसाय गर्ने त्यसमा समेत परामर्शको काम गर्दछौँ ।’

व्यवसाय गर्न चाहनेलाई कम्पनीले लगानीका विज्ञबाट परामर्श दिँदै आएको छ । साथै, फन्ड मेनेजरको लाइसेन्स लिएर शेयर बजारमा अनलिष्टेड कम्पनीमा पनि लगानीको तयारी कम्पनीको छ ।

चार्टड अकाउन्टेड रहेका ढुंगाना यो क्षेत्रमा खारिँदै गएका छन् । पढाई सकाएपछि सुरुका वर्ष उनले चार्टर्ड अकाउन्टेन्ट कम्पनीमै काम गरे । त्यसपछि उनी एनआईबिएल क्यापिटलमा काम गरे । त्यहाँबाट नविल इन्भेष्टमेन्टमा तीन वर्ष सिईओका रुपमा काम गरेपछि एक वर्षअघि एनआईबिएलमै फर्किएका हुन् । कम्पनीमा सबैको एकै भिजन हुँदा काम गर्न सहज हुने र त्यही कारण एनआइबिएलले सफलता पाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्