Logo
Logo

बझाङमा ३४ वडाको मतगणना सकिँदा २५९ मतले कांग्रेस अगाडि



बझाङ । बझाङ १ को प्रदेशसभा उपनिर्वाचनमा खसेको मतगणना जारी छ । सोमबार बिहान ८ बजेसम्म ३४ वडाको मतगणना गरिएको निर्वाचन आयोगले जनाएको छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिइरहेका छन् । अहिलेसम्म उनले ८८७४ मत ल्याएका छन् ।

कांग्रेसका सिंहलाई नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले पछ्याइरहेका छन् । उनले ८६१५ मत ल्याएका छन् । यहाँ कांग्रेसका उम्मेदवार सिंह २५९ मतान्तरले अगाडि छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३२१५ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३१० मत ल्याएका छन् । बझाङमा अझै १६ वटा वडाको मतगणना गर्न बाँकी छ । २०७९ मा भएको चुनावमा गठबन्धन गरेर यहाँ कांग्रेसका उम्मेदवारले जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्