Logo
Logo

लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद, साढे २५ करोड जरिवाना



काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ती सुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन् ।
न्यौपानेलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा रु २५ करोड ६९ लाख ७५ हजार जरिवाना सहित लाई तीन वर्ष कैद सजाय सुनाएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा न्यौपानेलाई रु १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाइएको थियो ।

गत चैत २५ गते अदालतबाट दोषी ठहर भए पनि सजाय निर्धारणका लागि आज पेसी तोकिएको थियो । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ साल असार १८ देखि २०५७ मङसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मङसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्