Logo
Logo

बझाङमा एमाले-कांग्रेस तीव्र प्रतिस्पर्धा, यस्तो छ मतान्तर



बझाङ । बझाङमा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहले ८३ मतले लिड गरिरहेका छन् ।

कांग्रेस उम्मेदवार सिंहले ९ हजार १६७ मत ल्याउँदा एमाले उम्मेदवार दमन भण्डारीले ९ हजार ८४ मत पाएका छन् । अहिलेसम्म माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार ५३५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४२७ मत पाएका छन् ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा, सुर्मा र मस्टाको गणना सकिएको छ भने अब साइपाल र तलकोटको गणना हुन बाँकी छ । अहिले तलकोटको वडा नम्बर १ को गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्