Logo
Logo

२०३० सम्ममा नेपाल महिलाका लागि अनुकरणीय देश बन्छ : राष्ट्रपति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्धको विभेद र उत्पीडन अन्त्यमा सहयोग गर्न सबैमा आग्रह गरेकी छन् । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् ।
संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैंगिक समानता समेटिएको जनाउँदै उनले त्यसको कार्यान्वयनमा जोड दिएकी छन् । सन् २०३० सम्ममा पूरा गर्ने गरी तय गरिएको लक्ष्य पूरा भएमा नेपाल महिलाका लागि अनुकरणीय देश बन्ने राष्ट्रपतिको भनाइ छ । राष्ट्रपतिले सन्देशमार्फत ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक रहेको आफ्नो धारणा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्