Logo
Logo

नेता र कर्मचारीलाई कोरोना, कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


दृष्टि संवाददाता


काठमाडौं । आज निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थागित भएको छ । बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो सङ्ख्यामा उपस्थित भई बैठक गर्नु अनुपयुक्त भएकाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशानुसार बैठक स्थगन गरिएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्