Logo
Logo

हिमालयन बैंकले ल्यायो ‘एससिटी युनियन पे कार्ड’


दृष्टि संवाददाता


काठमाडौं । हिमालयन बैंकले युनियन पेको सहकार्यमा हिमालयन बैंक एससिटी युनियन पे कार्ड सेवा सुरु गरेको छ । बैंकले नेपाल तथा भारतका प्रायः सबै एटिएम तथा पस टर्मिनलमा चल्ने कार्ड सेवा भिडियो कन्फ्रेन्सका माध्यमबाट सुरु गरेको हो ।

भारतमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यावसायिक सिलसिलामा भारत गएका व्यापारी–व्यवसायीहरूका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुने बैंकले जनाएको छ । युनियन पेका प्रतिनिधिले हिमालयन बैंक लिमिटेडले एचबिएल युनियन पे एससिटीको ब्रान्डेड कार्ड आफ्ना ग्राहकका लागि जारी गर्न सुरु गरेकोमा प्रसन्नता व्यक्त गरेको जनाइएको छ । निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्युआर तथा वालेटहरूमा स्वीकार्य हुने युनियन पेले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्रान्डहरू अमेरिकन एक्सप्रेस, जेसिबी, मास्टरकार्ड, युनियन पे, भिसा जारी तथा स्वीकार गर्ने र छिट्टै डाइनर्स एन्ड डिस्कभर कार्ड स्वीकार गर्ने एक मात्र बैंक भएको बताए । हिमालयन बैंक युनियन पेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि सञ्चालनमा रहेको तथा उक्त कार्ड बैंकले सन् २०१४ देखि नै जारी गर्दै आइरहेको जनाएको छ । सन् २०१८ देखि क्युपे वालेट पनि सञ्चालन गर्दै आएको एससिटी नेपालमा युनियन पेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्