Logo
Logo

रौतहटको गरुडामा सिटिजन्स बैंकको शाखा


दृष्टि संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रौतहटको गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आप्mनो १ सय ६८औँ शाखाका रूपमा गरुडामा सञ्चालनमा ल्याएको हो ।

बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने बैंकले प्रतिबद्धता जनाएको छ ।

बैंकले हाल १ सय ६८ शाखा, १ सय ११ एटिएम र १ सय ९ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्