Logo
Logo

बम विष्फोटको विरोधमा मेनपावर कम्पनीहरु बन्द


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ फागुन । वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द गरिएका छन् ।
संघका अध्यक्ष गुरुङको घरमा शुक्रबार राति बम विष्फोट गरिएको थियो । सो विष्फोट नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले चन्दा नदिएपछि गरएको जनाइएको छ । उक्त घटनाको विरोध र दोषीमाथि कारबाहीको माग गर्दै संघले आइतबार म्यानपावरहरु बन्द गर्ने निर्णय गरेको हो ।
संघले आइतबार आज व्यवसायीको आकस्मिक भेला आयोजना गरेको महासचिव नरेश गेलालले जनाए । ‘व्यवसायमा असुरक्षाको अवस्था सिर्जना भएको छ, अब कसरी अघि बढ्ने भन्ने बारे भेलाले निर्णय लिन्छ,’ उनले भने, ‘राज्यसँग हामी भरपर्दो सुरक्षाको माग गर्छौं ।’
विप्लब समूहले घटनाको जिम्मेवारी लिइसकेको छ । घटनामा परी ४ जना घाइते भएका थिए भने घरमा आगलागी पनि भएको थियो । वैवदेशिक रोजगार व्यवसायी संघले यसअघि विप्लब समूहले माग गरेको चन्दा दिन अस्वीकार गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्