Logo
Logo

अन्ततः उम्मेदवार बन्न राजी भए बादल



काठमाडौं । अन्ततः राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार बनेका छन् ।

उम्मेदवार बन्ने पक्का भएपछि उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार हेटौंडा पुगेका छन् । यससघि आफ्नो जित सुनिश्चित भएमात्र उम्मेदवार बन्ने बताएका थिए । तर, एमालले भने उनलाई नै अगाडि सार्दै आएको थियो ।

वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा ६ जेठमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि आज मनोनयन दर्ता हुँदैछ ।
शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि बादल चुनाव लड्न राजी भएका हुन् । उनी प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा पुगेका हुन् ।

नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेपछि उनको सांसद पद गुमेकाले उक्त रिक्त पदका उपनिर्वाचन हुन लागेको हो । विपक्षी गठबन्धनले संघीयताविज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्